search this blog

Monday, June 14, 2010

मंत्री र नेताहरूले देशको धुकुटिमा यसरी गारे डकैत .

देशमा नया संबिधान निर्माण गर्नको लागी जनताले चुनी पठायेका सभासद्हरू र उनै सभासद्हरू मद्धेबाट चुनिएका मंत्रीहरूले अहिले देश को धुकुटी लुट्दैंछन ।
कुरा हिजो आजकै हो, चालू आर्थिक बषं सकिन केही दिन मात्रै बांकि रहदा भौतिक योजना तथा निर्माण मन्त्रालयले यो छोटो अवधीमा समेत बिभिन्न योजनाहरू निर्माण गर्न अनुमति दिएको छ। अर्थ मन्त्रालयले योजना आयोगको सहमतिमा ती योजनाहरुकलागी पहिलो प्रथामिकतामा परेका योजनाहरुको रकम कटाएर ती साना योजनाहरू जस्तै सड़क मरमत कार्यमा खर्च गर्न रकम निकास गरेको हो । के यो सही तरीका हो त ? येसरी येती छोटो समयमा कसरी ती योजनाहरू पूरा होलान्त ती निकासा भएको रकमको सही सदुपयोग कसरी होला ? फेरी १० लाख भन्दा बढ़ी राकमको योजनाको लगी ३० दिन अगाड़ी र १० लाख भन्दा कम रकमको योजनाको लागी १५ दिन अगाड़ी सूचना प्रकाशीत गर्नु पर्ने प्राबधान रहेको छ । यस्तोमा कसरी ती योजनाहरू कार्यान्वयन होला त ? यो सबै कुनै नया योजनाहरू पनि होइन, सबै सडकहरू टालटुल मात्रै गर्ने हो । सायद त्यही भएर होला केहि दिन अगाड़ी ज्ञानेश्वर मोड़ देखि नक्साल भगवती मंदिर अगाडिको सद्दे सडकमा समेत कालोपत्रे हालेको । के येसरी देखौनको लगी मात्रै गरेको कामले त्यसरी निकासा भएको रकमको सही सदुपयोग होला त ?
यी कुरमा सम्बंधित निकायले हेर्नु पर्नेमा त्यस्ता निकयलेनै मिलेर देशलाई लुट्न थालेपछि कसले हेर्ने ?
तर यसको लागी हामी राष्ट्रका सही नगरिकहरू नै सचेत भएर एकजुट भई येसरी देशका मंत्री र नेताहरूले ठाडो देशको धुकुटी लुट्ने प्रब्रितिको खुलेर बिरोध गर्नै पर्छ ।

No comments:

Post a Comment