यो राष्ट्रमा फेरी एक पटक राष्ट्रिय स्तारको नाटक मंचन भाई रहेको छ . त्यों हो प्रधान मन्त्रीको चुनाव . देशका तिनै प्रमुख दलका नेताहरु आफु नै प्रधान मंत्री बन्न खोज्छंन . तर नेपाल अनी नेपालीको ठुलो बिडम्बना उनीहरूले कहिले पनि नेपाल अनी नेपाली को बारेमा कहिले सोचेनन . खाली एकोहोरो कुर्सी कुर्सी कुर्सी ... सत्ता सत्ता अनी मात्रै सत्ता .
आज महान्गिले नेपालीहरुले सासै फेर्न नसक्ने थिची सक्यो . साधारण झाडा पखालाले सयौं नेपालीले ज्यांन गुमाउनु पर्छ, कृषि प्रधान देशमा नेपालीले दुई छाक खानलाई केही छैन ... पहिले नेपालबाट धान चामल बिदेशमा बेचिन्थ्यो तर अहिले हरेक खाध्यान्ना बिदेशबाट नेपाल भित्र्याउनु पर्छ, नेपाल बिश्वामाँ दोश्रो तथा एसीयामा पहिलो जलश्रोतको धनि राष्ट्र तर बिडम्बना नेपालमा पिउनलाई पानी छैन, बाल्नलाई बत्ती छैन, ... आफ्नो देशमा भएको उपलब्ध श्रोतको उपभोग अथवा बिकाश तर्फा कसैले ध्यान दिदैनन, तर कमिसनको लोभले देशमा भएको श्रोतलाई छोडेर खाली बिदेशिको मुख ताकने गरिन्छ . देशको सबै समस्या एकातीर राखेर प्रधान मन्त्रीको कुर्सिमा गएर सबै नेताको ध्यान केन्द्रित भएको छ .
खोई देशको संबिधान बनाऊंन सारा नेपालीले चुनेर पठाएको सभासदहरू खाली प्रधान मन्त्रीको कुर्सीको वरीपरी मात्रै घुम्दैछन, फेरी देशलाई गणतंत्र घोषणा गारी राजा हटाउन मिल्न सक्ने नेताहरु राजनीतीक पार्टीहरु किन देश बनाऊंन जुट्दैनन, किन संबिधान बनाऊंन जुट्दैनन . हे प्रभु अब यस्तै हो भने पशुपतिनाथले नै रक्ष्या गर्लान .
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment