Thursday, September 16, 2010
Sunday, September 12, 2010
तीज - नेपाली महिलाहरुको महान पर्व
तीजको अघिल्लो दिन बिभिन्न परिकर फलफूल मिठाईहरू दरको रुपमा परंपरा देखि खाने चलन छ . यसरी दर खांदा प्राय: नातागोता तथा आफन्तहरु एकै ठाउमा भेला भएर खाने चलन रहेको छ . तर हिजोआज यस्तो दर खाने कार्य र तीज पर्व, तीजको महिना दिन अगाड़ी देखि एक आपस मिलेर बिभिन्न कार्यक्रम आयोजन गरी मनाउने चलन चल्दै छ . यो प्रब्रित्तीलाई कोही राम्रो भन्छन भने कोही तीज जस्तो महान पर्वमा बिकृति भित्रियो भन्छन . जे भये पनि दुवै पक्ष आ आफ्नो बिचारमा अडिग छन र अगाड़ी बडदै छन .
Monday, September 6, 2010
Tuesday, August 31, 2010
नेपाली हौं भने, नाबसौं त्यसै ... लागौं बनाउन देश ...
धेरै ब्यूरोक्रयाटस, प्राय: सबै सरकारी तथा अर्धसरकारी कार्यालय, सघ सस्थानका कर्मचारीहरू (तल्लो तह देखि माथिल्लो ओहदाका), मंत्री र नेताहरु प्राय: सबै भ्रष्ट तथा कमीशनखोरी छन . उनिहरु देश कसरी बनाउने भन्दा पनि कसरी आफुले कमौने भनी चिन्तनमा सधै ब्यस्त हुन्छन् . देश का सर्बसाधारण जनताहरु जसले जहिले पनि राष्ट्र आन्तरिक होस या बाह्य कारणले संकटमा परेको समयमा आफ्नो प्राण आहुति दिन समेत पछि पर्दैनन, उनिहरु जहिले पनि ठगिन्छन . नेता तथा राष्ट्र चलाउने अबिभारा पाएका मंत्रीहरूले संकट र चुनाबको समयमा ठूला ठूला कुरा सहितको भाषण गर्छन . सोझा जनतालाई ब्याक्तिगत फ़ायदा दिने भाषण र नारा दिन्छन, तर कहिले पनि राष्ट्र निर्मानको लगी दीर्घकालीन योजनाको कुरा गर्न जन्दैनन . त्यस्ता मंत्री तथा नेताहरूले हरेक चुनाब पछि सबै बिर्सनंछन र चुनाबको केही अगाड़ी मात्रै सम्झनछन .
यदि हामी सच्चा नेपाली हौं र राष्ट्र बनाउने चाहना छ भने त्यस्ता मंत्री, नेताहरु, ब्यूरोक्रयाटस, प्राय: सबै सरकारी तथा अर्धसरकारी कार्यालय, सघ सस्थानका भ्रष्ट तथा कमिशानाकोरी कर्मचारीहरू (तल्लो तह देखि माथिल्लो ओहदाका) लाई हामी सबैले सामाजिक बहिष्कार गरी उनीहरुलाई तह लगौने हामी जनाताहरुको संगठन बनाऊनै पर्छ . हामी एक आपसमा मात्रै कुरा नगरी ब्यवहारमा उतार्ने कोशिश गर्नै पर्छ . अब हामी बिउझाने समय आइसक्यो, अब पनि नबिउझने हो भने ढीला हुन्छ . फेरी सब बिनास भैसक्छ, त्यसैले बेलैमा जागौं, आफु र साथमा सबैलाई सचेत गाराऔं देश बनाऔं ... बिउझिउ सबै नेपाली बिउझिउ र देशकालगी केही गरऔं, देश बनाऔं, केही गराऔं, केही नगरे पत्राचार, इमेल, एस. एम.एस. मार्फ़त आफन्त र साथीभाईहरुलाई झकझकाउँ . यसो भएमा सबै नभए पनि अवश्य कोहित जागछन र तिनीहरूले अरु जगौन्छां . यसरी चाडै नया नेपालको निर्माण हुन सक्छ . नत्र अहिलेका मंत्री, नेताहरु, ब्यूरोक्रयाटस, प्राय: सबै सरकारी तथा अर्धसरकारी कार्यालय, सघ सस्थानका भ्रष्ट तथा कमिशानाकोरी कर्मचारीहरू (तल्लो तह देखि माथिल्लो ओहदाका) को भरमा देश छोड़ने हो भने, देश कसैको दास बन्न बेर लाग्दैन . त्यसैले ...
नेपाली हामी
अब नाबसौं त्यसै,
लागौं देश बनाउन
लागौं नया नेपालको निर्माणमा...

Tuesday, August 24, 2010
आज जनै पूर्णिमा....रक्षा बंधन
आज जनै पूर्णिमा, नेपालमा कतै जनै पुर्निमको रूपमा त कतै आजको यस पर्वलाई रक्षा बंधनको रूपमा
मनाईन्छ . ब्रतवन्ध गरिसकेका नेपालीहरुले वा तागाधारीहरूले आफुले लगाई राखेको पुरानो जनै फेरेर नया जनै लगौछन र हातमा पबित्र मन्त्रण गरेको रातो पहेलो डोरों ब्राह्मनहरूबाट आफ्नो दाहिने हातको नारीमा
लगौछन . त्यस्तै दीदी बहिनीको हातबाट दाजू भाईले रक्षा बंधन पनि लगौने रीती छ . यसरी रक्षा बंधन लगाई सकेपछि दीदी बहिनिले मिठाई तथा अन्य खानेकुरा खुवाउने र दाजू भाईले आफ्नो गछ्य अनुसारको उपहार दिने चलन छ . यस दिनमा बिभिन्न सात थरिका गेदागुदी भिजायेर टुसा उमारेर तरकारीको रुपमा झोल पारेर खाने रीती समेत रहेको छ . यस्तो टुसा उमारेको तरकारिलाई क्वाटी भनिन्छ . यसले नेपालीहरु बिसेस ज्यापू समुदायले पानीमा भिजेर खेती गर्दा आफ्नो सरिरमा गढ़ेको चिसोलाई हटाएर न्यानो बनौछ भन्ने सबैको मनन छ .
यस दिन मा लगाएको डोरों तथा रक्षा बन्धनले बिभिन्न रोग ब्याध तथा मृत्यु साग समेत रक्षा गर्छ भन्ने मान्यता रहेको छ .
आजकै दिनबाट क्वाटीको झोलमा लाम्खुत्तेको एउटा पखेटा खस्छ भन्ने भनाई रहेको छ . यस दिनबाट लामखुत्ते पनि केही घटकों महसूस हुन्छ .
यसरी डोरों बाध्न घर घरमा पुरेत बाजे आउछन भने आफ्नो पुरेत नहुनेहरु मंदिर तथा अन्य स्थानमा बसेका पंडित बजेहरू संग डोरों तथा जनै लगौछ्न .
डोरों तथा जनै लगाएको बिशयको विडियो क्लिप यसै साथ राखेको छ अवस्य हेर्नु होला र आफ्नो राय अवस्य लेख्नु होला . धन्यवाद् .

रानी पोखरी एक ऐतिहासिक पोखरी Historical Pond ... RANI POKHARI
रानी पोखरी मध्य काठमांडूमा अवस्थित एक ऐतिहासिक पोखरी हो . यो पोखरी मल्ल कालीन राजा प्रताप मल्लले आफ्नी स्वर्गीय रानीको सम्झना मा बनाएका हुन . यो सुन्दर पोखरी पूर्वमा राणा प्रधान मंत्री श्री ३ बीर शमशेर राणाले बनाएका घण्टाघर तथा राणा प्रधान मंत्री श्री ३ चन्द्र शमशेर राणा ले बनाएको त्रि चन्द्र कालेज छ भने पश्चिममा नेपालकै सबै भन्दा पुरानो स्कुल दरबार हाई स्कुल रहेको छ . उतरमा सिनेमा हल छ भने दक्षिणमा रत्न पार्क छ . रानी पोखरीको बिचमा बालगोपाल महादेवको मंदिर छ, यो मंदिर बर्षमा एक दिन तिहारको भाइटिकाको दिनमा मात्रै खुल्ला हुन्छ . रानी पोखरीलाई वरीपरी फलामको बारले बारेर राखेको छ . उतरपटी बार भित्र ठुलो हाती र त्यस माथि चडेको राजा, रानी र छोरा को मुर्ती बनाएर स्थापित गरेको छ . यसरी यस मुर्ती बनाएर राख्नु मा एक किम्बदंती छ . यो पोखरी बने पछि राजा प्रतम मल्ल सधै नुहाउन आउथेरे यसरी पोखरीमा नुहाउन औने क्रममा राजाको एक किच्कन्नी संग भेट भएर मायाप्रेम बसेछ र राजा र किच्कन्नी को संसर्गबाट किच्कन्नी गर्भवती समेत भइछ . यता राजा पनि दुब्लौदै गएको देखेर भाई भरदारहरु चिन्ति भएर के करानले यसरी राजा दुब्लाउदै गएको भनेर खोजी गर्न लागेपछि, राजाको र किच्कंनिको प्रेम प्रसंग पत्ता लागेछ र किच्कन्नी दुई जिउकी भएको कुरो पनि थाहा भएछ . यो कुरा पत्ता लगे पछि अचम्म हुन लाग्यो यसो हुनुहुदैन भनेर भैभारदार तथा गुरुपुरेतहरु मिलेर किच्कन्नीलाई बसमा पारी गर्भवती किच्कंनिको भ्रूण सहित पोकोपरेर बिसाल हाती त्यसमा राजा रानी र युबराज सहित चडेको मुर्ती बनाएर त्यास हातिको अघिल्लो खुट्टाले बसमा परेको किच्कन्नी र भ्रूण सहितको पोकोलाई कुल्चेर राखेमा पछि फेरी दुख दीदें भनेर त्यों बिसाल हाती त्यसमाथि चडेको राजा रानी र युबराज्को मुर्ती निर्माण गरी त्यसरी प्रतिस्थापन गरेको भन्ने किम्बदन्ति रहेको छ .
यहाँ रानी पोखरी र त्यस वरिपरीको दृश्य सहितको विडियो क्लिप पनि राखेको छ हेर्न नाबिर्सनु होला. साथै आफ्नो सुझाव लेखन नभुल्नु होला . धन्यवाद् .

अग्नि एयरको ट्वीनअटर विमान दुर्घटना ।
अग्नि एयरको डोनियर क्राफ्ट विमान मकवानपुरको शिखरपुर-२ बस्तीपुरमा आज मंगलबार विहान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक जाजरकोटका लक्की भनिने लक्ष्मण विक्रम शाह, सहचालक सोफिया सिंह र परिचारिका सरहा शेर्पा छन् । विमानमा ६ जना विदेशी, ५ जना नेपाली र क्याप्टेन लक्की शाह नेतृत्वमा चालक दलका चार जना सदस्य थिए । यसैगरी आर. रिजाल, पी. हुमागाइँ, पी. भोटे, के. राई र पी. शेर्पाको पनि मृत्यु भएको छ ।
काठमाडौंबाट विहान सात बजेर पाँच मिनेट जाँदा लुक्लाका लागि उडेको विमान खराब मौसमको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्कने क्रममा विहान साढे सात बजे दुर्घटना भएको थियो ।
विमान शिखरपुर गाविस-२ बस्तीपुरमा ठाकुर प्राथमिक विद्यालय नजिक जमिनमा सिधै धसिएको स्थानीयबासीले बताएका छन् । घटनास्थलमा शवका टुक्रा यत्रतत्र छरिएको र विमान पूर्णरुपमा क्षतिग्रस्त भएको जानकारी दिनुभयो प्राप्त भएको छ ।
पानी परिरहेकोले स्थानीय खोलामा बाढी आएकोहुदा घटनास्थलमा उद्दार टोली पुग्न कठिनाई भएको छ ।

Monday, August 16, 2010
Nepaliko Gas, Bas ra Kapas Ko Samasya Pura hola ta ?
अस्थिर तथा अन्यौलपूर्ण नेपाली राजनितीले गर्दा नेपालीको र नेपलकै भबिष्य अंधकारमय हुदैछ . यो सबै अशिक्षित तथा अपरिपक्का नेताहरूले गर्दा नै भएको भन्दा अत्युक्ति नहोला . तिनवतै ठुला दलहरुको डिसीजन मेकिंगपवार नहुनु, दलगत स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय स्वार्थलाई हेर्न नसक्नु र राष्ट्र निर्माणमा एक भएर लग्न नसक्नु नै आज नेपाल र नेपालीको लगी अभिशाप भएको छ .
देश असफल राष्ट्र बन्दैछ, त्यों कुनै दल वा नेतालाई मतलब छैन, आर्थिक संकटमा फस्न लागीसक्यो त्यों वास्ता छैन, ब्यापारिले तथा ब्यवसायिले एकलौटी रूपमा कर्टेलिंग गरेर मूल्य निर्धारण गर्छन . जवकि त्यसरी मूल्य निर्धारण गर्न नापाइने कुराको उल्लेख कानूनमै गरिएको छ, यसो गरेमा क़ानूनी रूपमै दंड सजायको किटान गरिएको छ . तै पनि यो नियम लागु तथा निरिक्षण गर्ने सम्बंधित निकायले के गर्दै छ ? जनाताहरू महंगीको मारले यसरी चेप्टीदा समेत न कुनै ठूला दल बोल्छन न नै कुनै नेता बोल्छन . उनीहरु त खाली सत्ताको खेल खेल्न नै ब्यस्त छन . प्रधान मंत्रीको कुर्सीको दौड़ मै फुर्सत छैन .
संबिधान निर्मानको लगी जनताले चुनेर पाठअएका नेताहरु, संबिधान बनाउने कार्यलाई एकातिर पन्छाएर प्रधान मन्त्रीको कुर्सीको पछाड़ी दौड़ी रहेका छन .
यसरी कहिले बन्छ देश ? कहिले पाउछन जनताले सुशान ? अनी कहिले पूरा हुन्छ प्रत्येक नेपालीको गास, बस र कपास को समस्या ?

Thursday, August 12, 2010
Subscribe to:
Posts (Atom)