आज जनै पूर्णिमा, नेपालमा कतै जनै पुर्निमको रूपमा त कतै आजको यस पर्वलाई रक्षा बंधनको रूपमा
मनाईन्छ . ब्रतवन्ध गरिसकेका नेपालीहरुले वा तागाधारीहरूले आफुले लगाई राखेको पुरानो जनै फेरेर नया जनै लगौछन र हातमा पबित्र मन्त्रण गरेको रातो पहेलो डोरों ब्राह्मनहरूबाट आफ्नो दाहिने हातको नारीमा
लगौछन . त्यस्तै दीदी बहिनीको हातबाट दाजू भाईले रक्षा बंधन पनि लगौने रीती छ . यसरी रक्षा बंधन लगाई सकेपछि दीदी बहिनिले मिठाई तथा अन्य खानेकुरा खुवाउने र दाजू भाईले आफ्नो गछ्य अनुसारको उपहार दिने चलन छ . यस दिनमा बिभिन्न सात थरिका गेदागुदी भिजायेर टुसा उमारेर तरकारीको रुपमा झोल पारेर खाने रीती समेत रहेको छ . यस्तो टुसा उमारेको तरकारिलाई क्वाटी भनिन्छ . यसले नेपालीहरु बिसेस ज्यापू समुदायले पानीमा भिजेर खेती गर्दा आफ्नो सरिरमा गढ़ेको चिसोलाई हटाएर न्यानो बनौछ भन्ने सबैको मनन छ .
यस दिन मा लगाएको डोरों तथा रक्षा बन्धनले बिभिन्न रोग ब्याध तथा मृत्यु साग समेत रक्षा गर्छ भन्ने मान्यता रहेको छ .
आजकै दिनबाट क्वाटीको झोलमा लाम्खुत्तेको एउटा पखेटा खस्छ भन्ने भनाई रहेको छ . यस दिनबाट लामखुत्ते पनि केही घटकों महसूस हुन्छ .
यसरी डोरों बाध्न घर घरमा पुरेत बाजे आउछन भने आफ्नो पुरेत नहुनेहरु मंदिर तथा अन्य स्थानमा बसेका पंडित बजेहरू संग डोरों तथा जनै लगौछ्न .
डोरों तथा जनै लगाएको बिशयको विडियो क्लिप यसै साथ राखेको छ अवस्य हेर्नु होला र आफ्नो राय अवस्य लेख्नु होला . धन्यवाद् .
Tuesday, August 24, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment