अस्थिर तथा अन्यौलपूर्ण नेपाली राजनितीले गर्दा नेपालीको र नेपलकै भबिष्य अंधकारमय हुदैछ . यो सबै अशिक्षित तथा अपरिपक्का नेताहरूले गर्दा नै भएको भन्दा अत्युक्ति नहोला . तिनवतै ठुला दलहरुको डिसीजन मेकिंगपवार नहुनु, दलगत स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय स्वार्थलाई हेर्न नसक्नु र राष्ट्र निर्माणमा एक भएर लग्न नसक्नु नै आज नेपाल र नेपालीको लगी अभिशाप भएको छ .
देश असफल राष्ट्र बन्दैछ, त्यों कुनै दल वा नेतालाई मतलब छैन, आर्थिक संकटमा फस्न लागीसक्यो त्यों वास्ता छैन, ब्यापारिले तथा ब्यवसायिले एकलौटी रूपमा कर्टेलिंग गरेर मूल्य निर्धारण गर्छन . जवकि त्यसरी मूल्य निर्धारण गर्न नापाइने कुराको उल्लेख कानूनमै गरिएको छ, यसो गरेमा क़ानूनी रूपमै दंड सजायको किटान गरिएको छ . तै पनि यो नियम लागु तथा निरिक्षण गर्ने सम्बंधित निकायले के गर्दै छ ? जनाताहरू महंगीको मारले यसरी चेप्टीदा समेत न कुनै ठूला दल बोल्छन न नै कुनै नेता बोल्छन . उनीहरु त खाली सत्ताको खेल खेल्न नै ब्यस्त छन . प्रधान मंत्रीको कुर्सीको दौड़ मै फुर्सत छैन .
संबिधान निर्मानको लगी जनताले चुनेर पाठअएका नेताहरु, संबिधान बनाउने कार्यलाई एकातिर पन्छाएर प्रधान मन्त्रीको कुर्सीको पछाड़ी दौड़ी रहेका छन .
यसरी कहिले बन्छ देश ? कहिले पाउछन जनताले सुशान ? अनी कहिले पूरा हुन्छ प्रत्येक नेपालीको गास, बस र कपास को समस्या ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment