धेरै ब्यूरोक्रयाटस, प्राय: सबै सरकारी तथा अर्धसरकारी कार्यालय, सघ सस्थानका कर्मचारीहरू (तल्लो तह देखि माथिल्लो ओहदाका), मंत्री र नेताहरु प्राय: सबै भ्रष्ट तथा कमीशनखोरी छन . उनिहरु देश कसरी बनाउने भन्दा पनि कसरी आफुले कमौने भनी चिन्तनमा सधै ब्यस्त हुन्छन् . देश का सर्बसाधारण जनताहरु जसले जहिले पनि राष्ट्र आन्तरिक होस या बाह्य कारणले संकटमा परेको समयमा आफ्नो प्राण आहुति दिन समेत पछि पर्दैनन, उनिहरु जहिले पनि ठगिन्छन . नेता तथा राष्ट्र चलाउने अबिभारा पाएका मंत्रीहरूले संकट र चुनाबको समयमा ठूला ठूला कुरा सहितको भाषण गर्छन . सोझा जनतालाई ब्याक्तिगत फ़ायदा दिने भाषण र नारा दिन्छन, तर कहिले पनि राष्ट्र निर्मानको लगी दीर्घकालीन योजनाको कुरा गर्न जन्दैनन . त्यस्ता मंत्री तथा नेताहरूले हरेक चुनाब पछि सबै बिर्सनंछन र चुनाबको केही अगाड़ी मात्रै सम्झनछन .
यदि हामी सच्चा नेपाली हौं र राष्ट्र बनाउने चाहना छ भने त्यस्ता मंत्री, नेताहरु, ब्यूरोक्रयाटस, प्राय: सबै सरकारी तथा अर्धसरकारी कार्यालय, सघ सस्थानका भ्रष्ट तथा कमिशानाकोरी कर्मचारीहरू (तल्लो तह देखि माथिल्लो ओहदाका) लाई हामी सबैले सामाजिक बहिष्कार गरी उनीहरुलाई तह लगौने हामी जनाताहरुको संगठन बनाऊनै पर्छ . हामी एक आपसमा मात्रै कुरा नगरी ब्यवहारमा उतार्ने कोशिश गर्नै पर्छ . अब हामी बिउझाने समय आइसक्यो, अब पनि नबिउझने हो भने ढीला हुन्छ . फेरी सब बिनास भैसक्छ, त्यसैले बेलैमा जागौं, आफु र साथमा सबैलाई सचेत गाराऔं देश बनाऔं ... बिउझिउ सबै नेपाली बिउझिउ र देशकालगी केही गरऔं, देश बनाऔं, केही गराऔं, केही नगरे पत्राचार, इमेल, एस. एम.एस. मार्फ़त आफन्त र साथीभाईहरुलाई झकझकाउँ . यसो भएमा सबै नभए पनि अवश्य कोहित जागछन र तिनीहरूले अरु जगौन्छां . यसरी चाडै नया नेपालको निर्माण हुन सक्छ . नत्र अहिलेका मंत्री, नेताहरु, ब्यूरोक्रयाटस, प्राय: सबै सरकारी तथा अर्धसरकारी कार्यालय, सघ सस्थानका भ्रष्ट तथा कमिशानाकोरी कर्मचारीहरू (तल्लो तह देखि माथिल्लो ओहदाका) को भरमा देश छोड़ने हो भने, देश कसैको दास बन्न बेर लाग्दैन . त्यसैले ...
नेपाली हामी
अब नाबसौं त्यसै,
लागौं देश बनाउन
लागौं नया नेपालको निर्माणमा...
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment