search this blog

Tuesday, August 24, 2010

रानी पोखरी एक ऐतिहासिक पोखरी Historical Pond ... RANI POKHARI

रानी पोखरी मध्य काठमांडूमा अवस्थित एक ऐतिहासिक पोखरी हो . यो पोखरी मल्ल कालीन राजा प्रताप मल्लले आफ्नी स्वर्गीय रानीको सम्झना मा बनाएका हुन . यो सुन्दर पोखरी पूर्वमा राणा प्रधान मंत्री श्री ३ बीर शमशेर राणाले बनाएका घण्टाघर तथा राणा प्रधान मंत्री श्री ३ चन्द्र शमशेर राणा ले बनाएको त्रि चन्द्र कालेज छ भने पश्चिममा नेपालकै सबै भन्दा पुरानो स्कुल दरबार हाई स्कुल रहेको छ . उतरमा सिनेमा हल छ भने दक्षिणमा रत्न पार्क छ . रानी पोखरीको बिचमा बालगोपाल महादेवको मंदिर छ, यो मंदिर बर्षमा एक दिन तिहारको भाइटिकाको दिनमा मात्रै खुल्ला हुन्छ . रानी पोखरीलाई वरीपरी फलामको बारले बारेर राखेको छ . उतरपटी बार भित्र ठुलो हाती र त्यस माथि चडेको राजा, रानी र छोरा को मुर्ती बनाएर स्थापित गरेको छ . यसरी यस मुर्ती बनाएर राख्नु मा एक किम्बदंती छ . यो पोखरी बने पछि राजा प्रतम मल्ल सधै नुहाउन आउथेरे यसरी पोखरीमा नुहाउन औने क्रममा राजाको एक किच्कन्नी संग भेट भएर मायाप्रेम बसेछ र राजा र किच्कन्नी को संसर्गबाट किच्कन्नी गर्भवती समेत भइछ . यता राजा पनि दुब्लौदै गएको देखेर भाई भरदारहरु चिन्ति भएर के करानले यसरी राजा दुब्लाउदै गएको भनेर खोजी गर्न लागेपछि, राजाको र किच्कंनिको प्रेम प्रसंग पत्ता लागेछ र किच्कन्नी दुई जिउकी भएको कुरो पनि थाहा भएछ . यो कुरा पत्ता लगे पछि अचम्म हुन लाग्यो यसो हुनुहुदैन भनेर भैभारदार तथा गुरुपुरेतहरु मिलेर किच्कन्नीलाई  बसमा पारी गर्भवती किच्कंनिको भ्रूण सहित पोकोपरेर बिसाल हाती त्यसमा राजा रानी र युबराज सहित चडेको मुर्ती बनाएर त्यास हातिको अघिल्लो खुट्टाले बसमा परेको किच्कन्नी र भ्रूण सहितको पोकोलाई कुल्चेर राखेमा पछि फेरी दुख दीदें भनेर त्यों बिसाल हाती त्यसमाथि चडेको राजा रानी र युबराज्को मुर्ती निर्माण गरी त्यसरी प्रतिस्थापन गरेको भन्ने किम्बदन्ति रहेको छ .

यहाँ रानी पोखरी र त्यस वरिपरीको दृश्य सहितको विडियो क्लिप पनि राखेको छ हेर्न नाबिर्सनु होला. साथै आफ्नो सुझाव लेखन नभुल्नु होला . धन्यवाद् . 

No comments:

Post a Comment