search this blog

Tuesday, August 31, 2010

नेपाली हौं भने, नाबसौं त्यसै ... लागौं बनाउन देश ...

धेरै ब्यूरोक्रयाटस, प्राय: सबै सरकारी तथा अर्धसरकारी कार्यालय, सघ सस्थानका कर्मचारीहरू (तल्लो तह देखि माथिल्लो ओहदाका), मंत्री र नेताहरु प्राय: सबै भ्रष्ट तथा कमीशनखोरी छन . उनिहरु देश कसरी बनाउने भन्दा पनि कसरी आफुले कमौने भनी चिन्तनमा सधै ब्यस्त हुन्छन् . देश का सर्बसाधारण जनताहरु जसले जहिले पनि राष्ट्र आन्तरिक होस या बाह्य कारणले संकटमा परेको समयमा आफ्नो प्राण आहुति दिन समेत पछि पर्दैनन, उनिहरु जहिले पनि  ठगिन्छन . नेता तथा राष्ट्र चलाउने अबिभारा पाएका मंत्रीहरूले संकट र चुनाबको समयमा  ठूला ठूला कुरा सहितको भाषण गर्छन . सोझा जनतालाई ब्याक्तिगत फ़ायदा दिने भाषण र नारा दिन्छन, तर कहिले पनि राष्ट्र निर्मानको लगी दीर्घकालीन योजनाको कुरा गर्न जन्दैनन .  त्यस्ता मंत्री तथा नेताहरूले हरेक चुनाब पछि सबै बिर्सनंछन  र चुनाबको केही  अगाड़ी मात्रै सम्झनछन .
यदि हामी सच्चा नेपाली हौं र राष्ट्र बनाउने चाहना छ भने त्यस्ता मंत्री, नेताहरु, ब्यूरोक्रयाटस, प्राय: सबै सरकारी तथा अर्धसरकारी कार्यालय, सघ सस्थानका भ्रष्ट तथा कमिशानाकोरी कर्मचारीहरू (तल्लो तह देखि माथिल्लो ओहदाका) लाई हामी सबैले सामाजिक बहिष्कार गरी उनीहरुलाई तह लगौने हामी जनाताहरुको संगठन बनाऊनै   पर्छ .  हामी एक आपसमा मात्रै कुरा नगरी ब्यवहारमा उतार्ने कोशिश गर्नै पर्छ . अब हामी बिउझाने समय आइसक्यो, अब पनि नबिउझने हो भने ढीला हुन्छ . फेरी सब बिनास भैसक्छ, त्यसैले बेलैमा जागौं, आफु र साथमा सबैलाई सचेत गाराऔं  देश बनाऔं  ... बिउझिउ  सबै नेपाली बिउझिउ र देशकालगी केही गरऔं, देश बनाऔं, केही गराऔं, केही नगरे पत्राचार, इमेल, एस. एम.एस. मार्फ़त आफन्त र साथीभाईहरुलाई झकझकाउँ . यसो भएमा सबै नभए पनि अवश्य कोहित जागछन र तिनीहरूले अरु जगौन्छां . यसरी चाडै नया नेपालको निर्माण हुन सक्छ . नत्र अहिलेका मंत्री, नेताहरु, ब्यूरोक्रयाटस, प्राय: सबै सरकारी तथा अर्धसरकारी कार्यालय, सघ सस्थानका भ्रष्ट तथा कमिशानाकोरी कर्मचारीहरू (तल्लो तह देखि माथिल्लो ओहदाका) को भरमा देश छोड़ने हो भने, देश कसैको दास बन्न बेर लाग्दैन . त्यसैले ...

नेपाली हामी
अब नाबसौं त्यसै,
लागौं देश बनाउन
लागौं नया नेपालको निर्माणमा...

       

Tuesday, August 24, 2010

आज जनै पूर्णिमा....रक्षा बंधन

आज जनै पूर्णिमा, नेपालमा  कतै जनै पुर्निमको रूपमा त कतै आजको यस पर्वलाई रक्षा बंधनको रूपमा
मनाईन्छ . ब्रतवन्ध गरिसकेका नेपालीहरुले वा तागाधारीहरूले आफुले लगाई राखेको पुरानो जनै फेरेर नया जनै लगौछन र हातमा पबित्र मन्त्रण गरेको रातो पहेलो डोरों ब्राह्मनहरूबाट आफ्नो दाहिने हातको नारीमा
लगौछन . त्यस्तै दीदी बहिनीको हातबाट दाजू भाईले रक्षा बंधन पनि लगौने रीती छ . यसरी रक्षा बंधन लगाई सकेपछि दीदी बहिनिले मिठाई तथा अन्य खानेकुरा खुवाउने र दाजू भाईले आफ्नो गछ्य अनुसारको उपहार दिने चलन छ . यस दिनमा बिभिन्न सात थरिका गेदागुदी भिजायेर टुसा उमारेर तरकारीको रुपमा झोल पारेर खाने रीती समेत रहेको छ . यस्तो टुसा उमारेको तरकारिलाई क्वाटी भनिन्छ . यसले नेपालीहरु बिसेस ज्यापू समुदायले पानीमा भिजेर खेती गर्दा आफ्नो सरिरमा गढ़ेको चिसोलाई हटाएर न्यानो बनौछ भन्ने सबैको मनन छ .

यस दिन मा लगाएको डोरों तथा रक्षा बन्धनले बिभिन्न रोग ब्याध तथा मृत्यु साग समेत रक्षा गर्छ भन्ने मान्यता रहेको छ .
आजकै दिनबाट क्वाटीको झोलमा लाम्खुत्तेको एउटा पखेटा खस्छ भन्ने भनाई रहेको छ . यस दिनबाट लामखुत्ते पनि केही घटकों महसूस हुन्छ .    
यसरी डोरों बाध्न घर घरमा पुरेत बाजे आउछन भने आफ्नो पुरेत नहुनेहरु मंदिर तथा अन्य स्थानमा बसेका पंडित बजेहरू संग डोरों तथा जनै लगौछ्न .
डोरों तथा जनै लगाएको बिशयको विडियो क्लिप यसै साथ राखेको छ अवस्य हेर्नु होला र आफ्नो राय अवस्य लेख्नु होला . धन्यवाद् .

रानी पोखरी एक ऐतिहासिक पोखरी Historical Pond ... RANI POKHARI

रानी पोखरी मध्य काठमांडूमा अवस्थित एक ऐतिहासिक पोखरी हो . यो पोखरी मल्ल कालीन राजा प्रताप मल्लले आफ्नी स्वर्गीय रानीको सम्झना मा बनाएका हुन . यो सुन्दर पोखरी पूर्वमा राणा प्रधान मंत्री श्री ३ बीर शमशेर राणाले बनाएका घण्टाघर तथा राणा प्रधान मंत्री श्री ३ चन्द्र शमशेर राणा ले बनाएको त्रि चन्द्र कालेज छ भने पश्चिममा नेपालकै सबै भन्दा पुरानो स्कुल दरबार हाई स्कुल रहेको छ . उतरमा सिनेमा हल छ भने दक्षिणमा रत्न पार्क छ . रानी पोखरीको बिचमा बालगोपाल महादेवको मंदिर छ, यो मंदिर बर्षमा एक दिन तिहारको भाइटिकाको दिनमा मात्रै खुल्ला हुन्छ . रानी पोखरीलाई वरीपरी फलामको बारले बारेर राखेको छ . उतरपटी बार भित्र ठुलो हाती र त्यस माथि चडेको राजा, रानी र छोरा को मुर्ती बनाएर स्थापित गरेको छ . यसरी यस मुर्ती बनाएर राख्नु मा एक किम्बदंती छ . यो पोखरी बने पछि राजा प्रतम मल्ल सधै नुहाउन आउथेरे यसरी पोखरीमा नुहाउन औने क्रममा राजाको एक किच्कन्नी संग भेट भएर मायाप्रेम बसेछ र राजा र किच्कन्नी को संसर्गबाट किच्कन्नी गर्भवती समेत भइछ . यता राजा पनि दुब्लौदै गएको देखेर भाई भरदारहरु चिन्ति भएर के करानले यसरी राजा दुब्लाउदै गएको भनेर खोजी गर्न लागेपछि, राजाको र किच्कंनिको प्रेम प्रसंग पत्ता लागेछ र किच्कन्नी दुई जिउकी भएको कुरो पनि थाहा भएछ . यो कुरा पत्ता लगे पछि अचम्म हुन लाग्यो यसो हुनुहुदैन भनेर भैभारदार तथा गुरुपुरेतहरु मिलेर किच्कन्नीलाई  बसमा पारी गर्भवती किच्कंनिको भ्रूण सहित पोकोपरेर बिसाल हाती त्यसमा राजा रानी र युबराज सहित चडेको मुर्ती बनाएर त्यास हातिको अघिल्लो खुट्टाले बसमा परेको किच्कन्नी र भ्रूण सहितको पोकोलाई कुल्चेर राखेमा पछि फेरी दुख दीदें भनेर त्यों बिसाल हाती त्यसमाथि चडेको राजा रानी र युबराज्को मुर्ती निर्माण गरी त्यसरी प्रतिस्थापन गरेको भन्ने किम्बदन्ति रहेको छ .

यहाँ रानी पोखरी र त्यस वरिपरीको दृश्य सहितको विडियो क्लिप पनि राखेको छ हेर्न नाबिर्सनु होला. साथै आफ्नो सुझाव लेखन नभुल्नु होला . धन्यवाद् . 

अग्नि एयरको ट्वीनअटर विमान दुर्घटना ।

अग्नि एयरको डोनियर क्राफ्ट विमान मकवानपुरको शिखरपुर-२ बस्तीपुरमा आज मंगलबार विहान दुर्घटना हुँदा १५  जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक जाजरकोटका लक्की भनिने लक्ष्मण विक्रम शाह, सहचालक सोफिया सिंह र परिचारिका सरहा शेर्पा छन् । विमानमा ६ जना विदेशी, ५ जना नेपाली र क्याप्टेन लक्की शाह नेतृत्वमा चालक दलका चार जना सदस्य थिए । यसैगरी आर. रिजाल, पी. हुमागाइँ, पी. भोटे, के. राई र पी. शेर्पाको पनि मृत्यु भएको छ ।


काठमाडौंबाट विहान सात बजेर  पाँच मिनेट जाँदा लुक्लाका लागि उडेको विमान खराब मौसमको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्कने क्रममा विहान साढे सात बजे दुर्घटना भएको थियो ।

विमान शिखरपुर गाविस-२ बस्तीपुरमा ठाकुर प्राथमिक विद्यालय नजिक जमिनमा सिधै धसिएको स्थानीयबासीले बताएका छन् । घटनास्थलमा शवका टुक्रा यत्रतत्र छरिएको र विमान पूर्णरुपमा क्षतिग्रस्त भएको जानकारी दिनुभयो प्राप्त भएको छ ।

पानी परिरहेकोले स्थानीय खोलामा बाढी आएकोहुदा घटनास्थलमा उद्दार टोली पुग्न कठिनाई भएको छ ।

Monday, August 16, 2010

Nepaliko Gas, Bas ra Kapas Ko Samasya Pura hola ta ?

अस्थिर तथा अन्यौलपूर्ण नेपाली राजनितीले गर्दा नेपालीको र नेपलकै भबिष्य अंधकारमय हुदैछ . यो सबै अशिक्षित  तथा अपरिपक्का नेताहरूले गर्दा नै भएको भन्दा अत्युक्ति नहोला . तिनवतै ठुला दलहरुको डिसीजन मेकिंगपवार नहुनु,  दलगत स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय स्वार्थलाई हेर्न  नसक्नु र राष्ट्र निर्माणमा एक भएर लग्न नसक्नु नै आज नेपाल र नेपालीको लगी अभिशाप भएको छ .
देश असफल राष्ट्र बन्दैछ, त्यों कुनै दल वा नेतालाई मतलब छैन, आर्थिक संकटमा फस्न लागीसक्यो त्यों वास्ता छैन, ब्यापारिले  तथा ब्यवसायिले एकलौटी रूपमा कर्टेलिंग गरेर मूल्य निर्धारण गर्छन . जवकि त्यसरी मूल्य निर्धारण गर्न नापाइने कुराको उल्लेख कानूनमै  गरिएको छ, यसो गरेमा क़ानूनी रूपमै दंड सजायको  किटान गरिएको छ . तै पनि यो नियम लागु तथा निरिक्षण गर्ने सम्बंधित निकायले के गर्दै छ ? जनाताहरू महंगीको मारले यसरी चेप्टीदा समेत न कुनै ठूला दल बोल्छन न नै कुनै नेता बोल्छन .  उनीहरु त खाली सत्ताको खेल खेल्न नै ब्यस्त छन . प्रधान मंत्रीको कुर्सीको दौड़ मै फुर्सत छैन .
संबिधान निर्मानको लगी जनताले चुनेर पाठअएका नेताहरु, संबिधान बनाउने कार्यलाई एकातिर पन्छाएर प्रधान मन्त्रीको कुर्सीको पछाड़ी दौड़ी रहेका छन .
यसरी कहिले बन्छ देश ? कहिले पाउछन जनताले सुशान ? अनी कहिले पूरा हुन्छ प्रत्येक नेपालीको गास, बस र कपास को समस्या ?

              

Tuesday, August 3, 2010

4th Annivessary .... Staff Union of Casino royale 2010







बिगतका बर्षहरुमा झै १५ श्रवण (३१ जुलाई २०१०) मा क्यासिनो रोयलको मजदुर/कर्मचारी यूनियनको बर्शिकोत्सब बिबिध कार्यक्रमका साथ मनाइयो . ३१ जुलाई २००६ देखीं यस प्रतिष्ठानमा अ. ने. हो. तथा रे. म. संघ को यूनियन स्थापना भएको थियो . उक्त कार्यक्रममा यूनियन अध्यक्ष खिल ब. खनाल तथा अन्य आमंत्रित अतिथिहरू अ. ने. हो. तथा रे. म. संघ का केन्द्रीय अध्यक्ष रमेश पन्त, केन्द्रीय सदस्य तथा क्यासिनो नेपालको अध्यक्ष प्रकाश थापा र अ. ने. ट्रेड यूनियन महासंघको  केन्द्रीय उपाध्यक्ष बाबुराम गौतमले मजदूर/कर्मचारी तथा क्यासिनोको बिषयमा समसामयिक मनतब्य दिएका थिए . त्यस अवसरमा देखाएको नृत्य  तथा करते डेमोनस्ट्रेसन  को विडिओ क्लिप्स यसै साथ राखिएको छ . अवस्य हेर्नु होला . अनी आफ्नो कमेन्ट अवस्य लेख्नु होला .       

Monday, August 2, 2010

Nepali lai feri Mar ... Corrupted NOC...Corrupted Staff ... Bhrashta aayal Nigamka Bhrashta Karmachari

नेपाल आयल निगमले नाटकको अर्को पाटो मंचन गर्दैछ . केही महिना अगाड़ी करोडों रुपैया घाटा लाग्यो भनेर पेट्रोल, डिजेल र सर्बसधारानले दैनिक प्रयोग गर्ने मटटीतेलमा समेत मूल्य ब्रिध्दी गरेको थियो . पेट्रोलिअम पदार्थमा  मूल्य बढाएको केही दिनमा नै आयल निगामले बितेको आर्थिक बर्षमा नफा भयो भनेर १८ महिनाको तलब बराबरको रकम बोनस बाढ़ने भनेर घोषना गर्यो . बर्षौ देखि घाटा ब्यहोरिरहेको र बिगत बर्षहरुमा भारतीय आयल कम्पनिलाई तिर्ने रकम नहुदा सरकार संग ऋण लियर तिरेको सर्ब बिदितई छ . यस्तो अबस्थामा रहेको कम्पनिले त्यसरी बोनस खान खोजेकोमा अख्तियारले रोकेको थियो . जे जस्तो भएपनि कुरा यहाँ सम्म ठीकै थियो . तर फेरी निगमका कर्मचारीहरूले बोनस खान नदीने हो भने पेट्रोलिंअम पदार्थको बिक्री बितरण रोकने भनेका थिए . सोही अनुसार अहिले प्राय पेट्रोल पम्पहरु पेट्रोल डिजेल छैन भन्ने लेखेर बन्द गरेको छ . के यो तरीका ठीक हो त ? यसमा सम्बंधित निकाय तथा मन्त्रालयको भूमिका केहो ? यसरी डाइरेक्ट सर्बसधारनको दैनिक जिवनमा असर पर्ने गरी गरेको यस्तो निन्दनीय कार्यको केही सजाय भएकोभए वा कारवाही भएमा सायद यस्तो भविष्यमा नहुन सक्थ्यो . तर सरकार कुर्सिकै लगी मात्रै दौड़ी रहेको छ . यस्तो सर्वासधारानालाई के भएको छ भनेर बुझने उसलाई समय नै छैन . त्यसैले नेपालीले महंगीको त्यात्रो मर खाप्नु परेको छ . यहाँ प्रश्न आउछ माथि उल्लेख गरेको कुराको सही समाधान क हो ? यसको जवाफ चाहियो हामी सारा नेपालीलाई . जसले जे गर्दा पनि मार हामी जनतालाई नै किन ?