search this blog

Monday, August 2, 2010

Nepali lai feri Mar ... Corrupted NOC...Corrupted Staff ... Bhrashta aayal Nigamka Bhrashta Karmachari

नेपाल आयल निगमले नाटकको अर्को पाटो मंचन गर्दैछ . केही महिना अगाड़ी करोडों रुपैया घाटा लाग्यो भनेर पेट्रोल, डिजेल र सर्बसधारानले दैनिक प्रयोग गर्ने मटटीतेलमा समेत मूल्य ब्रिध्दी गरेको थियो . पेट्रोलिअम पदार्थमा  मूल्य बढाएको केही दिनमा नै आयल निगामले बितेको आर्थिक बर्षमा नफा भयो भनेर १८ महिनाको तलब बराबरको रकम बोनस बाढ़ने भनेर घोषना गर्यो . बर्षौ देखि घाटा ब्यहोरिरहेको र बिगत बर्षहरुमा भारतीय आयल कम्पनिलाई तिर्ने रकम नहुदा सरकार संग ऋण लियर तिरेको सर्ब बिदितई छ . यस्तो अबस्थामा रहेको कम्पनिले त्यसरी बोनस खान खोजेकोमा अख्तियारले रोकेको थियो . जे जस्तो भएपनि कुरा यहाँ सम्म ठीकै थियो . तर फेरी निगमका कर्मचारीहरूले बोनस खान नदीने हो भने पेट्रोलिंअम पदार्थको बिक्री बितरण रोकने भनेका थिए . सोही अनुसार अहिले प्राय पेट्रोल पम्पहरु पेट्रोल डिजेल छैन भन्ने लेखेर बन्द गरेको छ . के यो तरीका ठीक हो त ? यसमा सम्बंधित निकाय तथा मन्त्रालयको भूमिका केहो ? यसरी डाइरेक्ट सर्बसधारनको दैनिक जिवनमा असर पर्ने गरी गरेको यस्तो निन्दनीय कार्यको केही सजाय भएकोभए वा कारवाही भएमा सायद यस्तो भविष्यमा नहुन सक्थ्यो . तर सरकार कुर्सिकै लगी मात्रै दौड़ी रहेको छ . यस्तो सर्वासधारानालाई के भएको छ भनेर बुझने उसलाई समय नै छैन . त्यसैले नेपालीले महंगीको त्यात्रो मर खाप्नु परेको छ . यहाँ प्रश्न आउछ माथि उल्लेख गरेको कुराको सही समाधान क हो ? यसको जवाफ चाहियो हामी सारा नेपालीलाई . जसले जे गर्दा पनि मार हामी जनतालाई नै किन ?      

No comments:

Post a Comment