search this blog

Thursday, September 16, 2010

Sunday, September 12, 2010

Gun-Gun-Dancing

तीज - नेपाली महिलाहरुको महान पर्व


तीज नेपाली महिलाहरुको महान पर्व हो . यो पर्वमा उक्त दिन देवादिदेव महादेवको पूजा गरेर दिन भरी केही नखाई ब्रत बस्छन . साँझ परेपछि अबिवाहित नारीहरूले भगवानलाई सम्झेर तथा बिवाहित नारीहरूले आफ्नो श्रीमानको गोडा धोयेर पानी खान्छन र सक्नेले केही खादैनन, नसक्नेले फलफूल कांडा पानी (पानीमा मिस्री वा चीनी र घीउ हालेर बेस्सरी उमलेर बनाउने पेय) पिउछन .बिवाहित नारीहरूले आफ्नो श्रीमानको दीर्घ जीवन र जीवनमा शुख सम्ब्रिद्दी होस भनेर ब्रत बस्छन,  त्यस्तै अबिवाहित नारी (महिलाहरु) सर्वगुण सम्पन्न राम्रो श्रीमान पाऊ,  र जीवनमा शुख सम्ब्रिद्दी होस भनेर ब्रत बस्छन . 

तीजको अघिल्लो दिन बिभिन्न परिकर फलफूल मिठाईहरू दरको रुपमा परंपरा देखि खाने चलन छ . यसरी दर खांदा प्राय: नातागोता तथा आफन्तहरु एकै ठाउमा भेला भएर खाने चलन रहेको छ . तर हिजोआज यस्तो दर खाने कार्य र तीज पर्व, तीजको महिना दिन अगाड़ी देखि एक आपस मिलेर बिभिन्न कार्यक्रम आयोजन गरी मनाउने चलन चल्दै छ . यो प्रब्रित्तीलाई कोही राम्रो भन्छन भने कोही तीज जस्तो महान पर्वमा बिकृति भित्रियो भन्छन . जे भये पनि दुवै पक्ष आ आफ्नो बिचारमा अडिग छन र अगाड़ी बडदै छन . 

तीज पर्वको उपलक्ष्यमा क्यासिनो रोयलका महिला कर्मचारीहरूले आयोजन गरेको कार्यक्रममा त्यही प्रतिष्ठानमा कार्यरत एकल महिला (बिधुवा नारी ) लाई रातो दोसल्ला ओडायर, सौभाग्यको स्वरुप रातो चुरा, धागों र पोते प्रदान गरिएको थियो . यस सम्बन्धी विडियो क्लिप्सका साथै तीज पर्वको उपलक्ष्यमा क्यासिनो रोयलमा महिला कर्मचारीहरूले आयोजन गरेको "तीज नाच गान कार्यक्रम" सम्बन्धी विडियो क्लिप्स राखेको छ, अवश्य हेर्नुहोला र आफ्नो बिचार पानी उल्लेख गर्नु होला .












    

Monday, September 6, 2010

Tuesday, August 31, 2010

नेपाली हौं भने, नाबसौं त्यसै ... लागौं बनाउन देश ...

धेरै ब्यूरोक्रयाटस, प्राय: सबै सरकारी तथा अर्धसरकारी कार्यालय, सघ सस्थानका कर्मचारीहरू (तल्लो तह देखि माथिल्लो ओहदाका), मंत्री र नेताहरु प्राय: सबै भ्रष्ट तथा कमीशनखोरी छन . उनिहरु देश कसरी बनाउने भन्दा पनि कसरी आफुले कमौने भनी चिन्तनमा सधै ब्यस्त हुन्छन् . देश का सर्बसाधारण जनताहरु जसले जहिले पनि राष्ट्र आन्तरिक होस या बाह्य कारणले संकटमा परेको समयमा आफ्नो प्राण आहुति दिन समेत पछि पर्दैनन, उनिहरु जहिले पनि  ठगिन्छन . नेता तथा राष्ट्र चलाउने अबिभारा पाएका मंत्रीहरूले संकट र चुनाबको समयमा  ठूला ठूला कुरा सहितको भाषण गर्छन . सोझा जनतालाई ब्याक्तिगत फ़ायदा दिने भाषण र नारा दिन्छन, तर कहिले पनि राष्ट्र निर्मानको लगी दीर्घकालीन योजनाको कुरा गर्न जन्दैनन .  त्यस्ता मंत्री तथा नेताहरूले हरेक चुनाब पछि सबै बिर्सनंछन  र चुनाबको केही  अगाड़ी मात्रै सम्झनछन .
यदि हामी सच्चा नेपाली हौं र राष्ट्र बनाउने चाहना छ भने त्यस्ता मंत्री, नेताहरु, ब्यूरोक्रयाटस, प्राय: सबै सरकारी तथा अर्धसरकारी कार्यालय, सघ सस्थानका भ्रष्ट तथा कमिशानाकोरी कर्मचारीहरू (तल्लो तह देखि माथिल्लो ओहदाका) लाई हामी सबैले सामाजिक बहिष्कार गरी उनीहरुलाई तह लगौने हामी जनाताहरुको संगठन बनाऊनै   पर्छ .  हामी एक आपसमा मात्रै कुरा नगरी ब्यवहारमा उतार्ने कोशिश गर्नै पर्छ . अब हामी बिउझाने समय आइसक्यो, अब पनि नबिउझने हो भने ढीला हुन्छ . फेरी सब बिनास भैसक्छ, त्यसैले बेलैमा जागौं, आफु र साथमा सबैलाई सचेत गाराऔं  देश बनाऔं  ... बिउझिउ  सबै नेपाली बिउझिउ र देशकालगी केही गरऔं, देश बनाऔं, केही गराऔं, केही नगरे पत्राचार, इमेल, एस. एम.एस. मार्फ़त आफन्त र साथीभाईहरुलाई झकझकाउँ . यसो भएमा सबै नभए पनि अवश्य कोहित जागछन र तिनीहरूले अरु जगौन्छां . यसरी चाडै नया नेपालको निर्माण हुन सक्छ . नत्र अहिलेका मंत्री, नेताहरु, ब्यूरोक्रयाटस, प्राय: सबै सरकारी तथा अर्धसरकारी कार्यालय, सघ सस्थानका भ्रष्ट तथा कमिशानाकोरी कर्मचारीहरू (तल्लो तह देखि माथिल्लो ओहदाका) को भरमा देश छोड़ने हो भने, देश कसैको दास बन्न बेर लाग्दैन . त्यसैले ...

नेपाली हामी
अब नाबसौं त्यसै,
लागौं देश बनाउन
लागौं नया नेपालको निर्माणमा...

       

Tuesday, August 24, 2010

आज जनै पूर्णिमा....रक्षा बंधन

आज जनै पूर्णिमा, नेपालमा  कतै जनै पुर्निमको रूपमा त कतै आजको यस पर्वलाई रक्षा बंधनको रूपमा
मनाईन्छ . ब्रतवन्ध गरिसकेका नेपालीहरुले वा तागाधारीहरूले आफुले लगाई राखेको पुरानो जनै फेरेर नया जनै लगौछन र हातमा पबित्र मन्त्रण गरेको रातो पहेलो डोरों ब्राह्मनहरूबाट आफ्नो दाहिने हातको नारीमा
लगौछन . त्यस्तै दीदी बहिनीको हातबाट दाजू भाईले रक्षा बंधन पनि लगौने रीती छ . यसरी रक्षा बंधन लगाई सकेपछि दीदी बहिनिले मिठाई तथा अन्य खानेकुरा खुवाउने र दाजू भाईले आफ्नो गछ्य अनुसारको उपहार दिने चलन छ . यस दिनमा बिभिन्न सात थरिका गेदागुदी भिजायेर टुसा उमारेर तरकारीको रुपमा झोल पारेर खाने रीती समेत रहेको छ . यस्तो टुसा उमारेको तरकारिलाई क्वाटी भनिन्छ . यसले नेपालीहरु बिसेस ज्यापू समुदायले पानीमा भिजेर खेती गर्दा आफ्नो सरिरमा गढ़ेको चिसोलाई हटाएर न्यानो बनौछ भन्ने सबैको मनन छ .

यस दिन मा लगाएको डोरों तथा रक्षा बन्धनले बिभिन्न रोग ब्याध तथा मृत्यु साग समेत रक्षा गर्छ भन्ने मान्यता रहेको छ .
आजकै दिनबाट क्वाटीको झोलमा लाम्खुत्तेको एउटा पखेटा खस्छ भन्ने भनाई रहेको छ . यस दिनबाट लामखुत्ते पनि केही घटकों महसूस हुन्छ .    
यसरी डोरों बाध्न घर घरमा पुरेत बाजे आउछन भने आफ्नो पुरेत नहुनेहरु मंदिर तथा अन्य स्थानमा बसेका पंडित बजेहरू संग डोरों तथा जनै लगौछ्न .
डोरों तथा जनै लगाएको बिशयको विडियो क्लिप यसै साथ राखेको छ अवस्य हेर्नु होला र आफ्नो राय अवस्य लेख्नु होला . धन्यवाद् .

रानी पोखरी एक ऐतिहासिक पोखरी Historical Pond ... RANI POKHARI

रानी पोखरी मध्य काठमांडूमा अवस्थित एक ऐतिहासिक पोखरी हो . यो पोखरी मल्ल कालीन राजा प्रताप मल्लले आफ्नी स्वर्गीय रानीको सम्झना मा बनाएका हुन . यो सुन्दर पोखरी पूर्वमा राणा प्रधान मंत्री श्री ३ बीर शमशेर राणाले बनाएका घण्टाघर तथा राणा प्रधान मंत्री श्री ३ चन्द्र शमशेर राणा ले बनाएको त्रि चन्द्र कालेज छ भने पश्चिममा नेपालकै सबै भन्दा पुरानो स्कुल दरबार हाई स्कुल रहेको छ . उतरमा सिनेमा हल छ भने दक्षिणमा रत्न पार्क छ . रानी पोखरीको बिचमा बालगोपाल महादेवको मंदिर छ, यो मंदिर बर्षमा एक दिन तिहारको भाइटिकाको दिनमा मात्रै खुल्ला हुन्छ . रानी पोखरीलाई वरीपरी फलामको बारले बारेर राखेको छ . उतरपटी बार भित्र ठुलो हाती र त्यस माथि चडेको राजा, रानी र छोरा को मुर्ती बनाएर स्थापित गरेको छ . यसरी यस मुर्ती बनाएर राख्नु मा एक किम्बदंती छ . यो पोखरी बने पछि राजा प्रतम मल्ल सधै नुहाउन आउथेरे यसरी पोखरीमा नुहाउन औने क्रममा राजाको एक किच्कन्नी संग भेट भएर मायाप्रेम बसेछ र राजा र किच्कन्नी को संसर्गबाट किच्कन्नी गर्भवती समेत भइछ . यता राजा पनि दुब्लौदै गएको देखेर भाई भरदारहरु चिन्ति भएर के करानले यसरी राजा दुब्लाउदै गएको भनेर खोजी गर्न लागेपछि, राजाको र किच्कंनिको प्रेम प्रसंग पत्ता लागेछ र किच्कन्नी दुई जिउकी भएको कुरो पनि थाहा भएछ . यो कुरा पत्ता लगे पछि अचम्म हुन लाग्यो यसो हुनुहुदैन भनेर भैभारदार तथा गुरुपुरेतहरु मिलेर किच्कन्नीलाई  बसमा पारी गर्भवती किच्कंनिको भ्रूण सहित पोकोपरेर बिसाल हाती त्यसमा राजा रानी र युबराज सहित चडेको मुर्ती बनाएर त्यास हातिको अघिल्लो खुट्टाले बसमा परेको किच्कन्नी र भ्रूण सहितको पोकोलाई कुल्चेर राखेमा पछि फेरी दुख दीदें भनेर त्यों बिसाल हाती त्यसमाथि चडेको राजा रानी र युबराज्को मुर्ती निर्माण गरी त्यसरी प्रतिस्थापन गरेको भन्ने किम्बदन्ति रहेको छ .

यहाँ रानी पोखरी र त्यस वरिपरीको दृश्य सहितको विडियो क्लिप पनि राखेको छ हेर्न नाबिर्सनु होला. साथै आफ्नो सुझाव लेखन नभुल्नु होला . धन्यवाद् . 

अग्नि एयरको ट्वीनअटर विमान दुर्घटना ।

अग्नि एयरको डोनियर क्राफ्ट विमान मकवानपुरको शिखरपुर-२ बस्तीपुरमा आज मंगलबार विहान दुर्घटना हुँदा १५  जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक जाजरकोटका लक्की भनिने लक्ष्मण विक्रम शाह, सहचालक सोफिया सिंह र परिचारिका सरहा शेर्पा छन् । विमानमा ६ जना विदेशी, ५ जना नेपाली र क्याप्टेन लक्की शाह नेतृत्वमा चालक दलका चार जना सदस्य थिए । यसैगरी आर. रिजाल, पी. हुमागाइँ, पी. भोटे, के. राई र पी. शेर्पाको पनि मृत्यु भएको छ ।


काठमाडौंबाट विहान सात बजेर  पाँच मिनेट जाँदा लुक्लाका लागि उडेको विमान खराब मौसमको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्कने क्रममा विहान साढे सात बजे दुर्घटना भएको थियो ।

विमान शिखरपुर गाविस-२ बस्तीपुरमा ठाकुर प्राथमिक विद्यालय नजिक जमिनमा सिधै धसिएको स्थानीयबासीले बताएका छन् । घटनास्थलमा शवका टुक्रा यत्रतत्र छरिएको र विमान पूर्णरुपमा क्षतिग्रस्त भएको जानकारी दिनुभयो प्राप्त भएको छ ।

पानी परिरहेकोले स्थानीय खोलामा बाढी आएकोहुदा घटनास्थलमा उद्दार टोली पुग्न कठिनाई भएको छ ।

Monday, August 16, 2010

Nepaliko Gas, Bas ra Kapas Ko Samasya Pura hola ta ?

अस्थिर तथा अन्यौलपूर्ण नेपाली राजनितीले गर्दा नेपालीको र नेपलकै भबिष्य अंधकारमय हुदैछ . यो सबै अशिक्षित  तथा अपरिपक्का नेताहरूले गर्दा नै भएको भन्दा अत्युक्ति नहोला . तिनवतै ठुला दलहरुको डिसीजन मेकिंगपवार नहुनु,  दलगत स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय स्वार्थलाई हेर्न  नसक्नु र राष्ट्र निर्माणमा एक भएर लग्न नसक्नु नै आज नेपाल र नेपालीको लगी अभिशाप भएको छ .
देश असफल राष्ट्र बन्दैछ, त्यों कुनै दल वा नेतालाई मतलब छैन, आर्थिक संकटमा फस्न लागीसक्यो त्यों वास्ता छैन, ब्यापारिले  तथा ब्यवसायिले एकलौटी रूपमा कर्टेलिंग गरेर मूल्य निर्धारण गर्छन . जवकि त्यसरी मूल्य निर्धारण गर्न नापाइने कुराको उल्लेख कानूनमै  गरिएको छ, यसो गरेमा क़ानूनी रूपमै दंड सजायको  किटान गरिएको छ . तै पनि यो नियम लागु तथा निरिक्षण गर्ने सम्बंधित निकायले के गर्दै छ ? जनाताहरू महंगीको मारले यसरी चेप्टीदा समेत न कुनै ठूला दल बोल्छन न नै कुनै नेता बोल्छन .  उनीहरु त खाली सत्ताको खेल खेल्न नै ब्यस्त छन . प्रधान मंत्रीको कुर्सीको दौड़ मै फुर्सत छैन .
संबिधान निर्मानको लगी जनताले चुनेर पाठअएका नेताहरु, संबिधान बनाउने कार्यलाई एकातिर पन्छाएर प्रधान मन्त्रीको कुर्सीको पछाड़ी दौड़ी रहेका छन .
यसरी कहिले बन्छ देश ? कहिले पाउछन जनताले सुशान ? अनी कहिले पूरा हुन्छ प्रत्येक नेपालीको गास, बस र कपास को समस्या ?

              

Tuesday, August 3, 2010

4th Annivessary .... Staff Union of Casino royale 2010







बिगतका बर्षहरुमा झै १५ श्रवण (३१ जुलाई २०१०) मा क्यासिनो रोयलको मजदुर/कर्मचारी यूनियनको बर्शिकोत्सब बिबिध कार्यक्रमका साथ मनाइयो . ३१ जुलाई २००६ देखीं यस प्रतिष्ठानमा अ. ने. हो. तथा रे. म. संघ को यूनियन स्थापना भएको थियो . उक्त कार्यक्रममा यूनियन अध्यक्ष खिल ब. खनाल तथा अन्य आमंत्रित अतिथिहरू अ. ने. हो. तथा रे. म. संघ का केन्द्रीय अध्यक्ष रमेश पन्त, केन्द्रीय सदस्य तथा क्यासिनो नेपालको अध्यक्ष प्रकाश थापा र अ. ने. ट्रेड यूनियन महासंघको  केन्द्रीय उपाध्यक्ष बाबुराम गौतमले मजदूर/कर्मचारी तथा क्यासिनोको बिषयमा समसामयिक मनतब्य दिएका थिए . त्यस अवसरमा देखाएको नृत्य  तथा करते डेमोनस्ट्रेसन  को विडिओ क्लिप्स यसै साथ राखिएको छ . अवस्य हेर्नु होला . अनी आफ्नो कमेन्ट अवस्य लेख्नु होला .       

Monday, August 2, 2010

Nepali lai feri Mar ... Corrupted NOC...Corrupted Staff ... Bhrashta aayal Nigamka Bhrashta Karmachari

नेपाल आयल निगमले नाटकको अर्को पाटो मंचन गर्दैछ . केही महिना अगाड़ी करोडों रुपैया घाटा लाग्यो भनेर पेट्रोल, डिजेल र सर्बसधारानले दैनिक प्रयोग गर्ने मटटीतेलमा समेत मूल्य ब्रिध्दी गरेको थियो . पेट्रोलिअम पदार्थमा  मूल्य बढाएको केही दिनमा नै आयल निगामले बितेको आर्थिक बर्षमा नफा भयो भनेर १८ महिनाको तलब बराबरको रकम बोनस बाढ़ने भनेर घोषना गर्यो . बर्षौ देखि घाटा ब्यहोरिरहेको र बिगत बर्षहरुमा भारतीय आयल कम्पनिलाई तिर्ने रकम नहुदा सरकार संग ऋण लियर तिरेको सर्ब बिदितई छ . यस्तो अबस्थामा रहेको कम्पनिले त्यसरी बोनस खान खोजेकोमा अख्तियारले रोकेको थियो . जे जस्तो भएपनि कुरा यहाँ सम्म ठीकै थियो . तर फेरी निगमका कर्मचारीहरूले बोनस खान नदीने हो भने पेट्रोलिंअम पदार्थको बिक्री बितरण रोकने भनेका थिए . सोही अनुसार अहिले प्राय पेट्रोल पम्पहरु पेट्रोल डिजेल छैन भन्ने लेखेर बन्द गरेको छ . के यो तरीका ठीक हो त ? यसमा सम्बंधित निकाय तथा मन्त्रालयको भूमिका केहो ? यसरी डाइरेक्ट सर्बसधारनको दैनिक जिवनमा असर पर्ने गरी गरेको यस्तो निन्दनीय कार्यको केही सजाय भएकोभए वा कारवाही भएमा सायद यस्तो भविष्यमा नहुन सक्थ्यो . तर सरकार कुर्सिकै लगी मात्रै दौड़ी रहेको छ . यस्तो सर्वासधारानालाई के भएको छ भनेर बुझने उसलाई समय नै छैन . त्यसैले नेपालीले महंगीको त्यात्रो मर खाप्नु परेको छ . यहाँ प्रश्न आउछ माथि उल्लेख गरेको कुराको सही समाधान क हो ? यसको जवाफ चाहियो हामी सारा नेपालीलाई . जसले जे गर्दा पनि मार हामी जनतालाई नै किन ?      

Friday, July 30, 2010

Nepali Balika ATITHI KO NAME ... Guinness Book of World Record ma

३ बर्से अतिथि, सायद धेरैलाई यो नाम त्यति परिचित नलाग्न सक्छ . तर गिनीज बुक ऑफ़ वर्ल्ड रेकर्डमा उनको नाम लेखाउने प्रयास भैरहेको छ . आफ्नो बाबु आमा र सानी दीदी संग ललितपुर जिल्लामा स्थाई बसोबास गर्दै आएकी अतिथिले यति सानु उमेरमा कुनै गल्ती नगरी कुनै पनि गीत एकदम सुरताल मिलाएर गाउन सक्नु उनको खूबी हो भने यति सानो उमेरमा गीत रेकर्ड गरेर एल्बम निकल्नु यो बिश्वमा सबै भन्दा सानो उमेरमा गीत रेकर्ड गारी एल्बम निकलने गयिकाको वर्ल्ड रेकर्ड हुने छ .  यो भन्दा अगाड़ी ४ बर्षे बलाक्को नाममा यो रेकर्ड रहेको छ .   यस सम्बन्धी समाचार संकलन गरी तयार परिएको विडिओ क्लिप्स यसै साथ राखिएको छ . अवस्य हेर्नु होला र आफ्नो बिचार उल्लेख गर्न नभुल्नु होला.

Saturday, July 24, 2010

Yo kasto Durbhagya Nepaliko ... Pradhan Mantri Chhanaut feri arko natak

यो राष्ट्रमा फेरी एक पटक राष्ट्रिय स्तारको नाटक मंचन भाई रहेको छ . त्यों हो प्रधान मन्त्रीको चुनाव . देशका तिनै प्रमुख दलका नेताहरु आफु नै प्रधान मंत्री  बन्न खोज्छंन . तर नेपाल अनी नेपालीको ठुलो बिडम्बना उनीहरूले कहिले पनि नेपाल अनी नेपाली को बारेमा कहिले सोचेनन . खाली एकोहोरो कुर्सी कुर्सी कुर्सी ... सत्ता सत्ता अनी मात्रै सत्ता .
आज महान्गिले नेपालीहरुले सासै फेर्न नसक्ने थिची सक्यो . साधारण झाडा पखालाले सयौं नेपालीले ज्यांन गुमाउनु पर्छ, कृषि प्रधान देशमा नेपालीले दुई छाक  खानलाई केही छैन ... पहिले नेपालबाट धान चामल बिदेशमा   बेचिन्थ्यो  तर अहिले हरेक खाध्यान्ना बिदेशबाट नेपाल भित्र्याउनु पर्छ,  नेपाल बिश्वामाँ दोश्रो तथा एसीयामा पहिलो जलश्रोतको धनि राष्ट्र तर बिडम्बना नेपालमा पिउनलाई पानी छैन, बाल्नलाई बत्ती छैन, ... आफ्नो देशमा भएको उपलब्ध श्रोतको उपभोग अथवा बिकाश तर्फा कसैले ध्यान दिदैनन, तर कमिसनको लोभले देशमा भएको श्रोतलाई छोडेर खाली बिदेशिको मुख ताकने गरिन्छ . देशको सबै समस्या एकातीर राखेर प्रधान मन्त्रीको कुर्सिमा गएर सबै नेताको ध्यान केन्द्रित भएको छ .
खोई देशको संबिधान बनाऊंन सारा नेपालीले चुनेर पठाएको सभासदहरू खाली प्रधान मन्त्रीको कुर्सीको वरीपरी मात्रै घुम्दैछन, फेरी देशलाई गणतंत्र घोषणा गारी राजा हटाउन मिल्न सक्ने नेताहरु राजनीतीक पार्टीहरु किन देश बनाऊंन जुट्दैनन, किन संबिधान बनाऊंन जुट्दैनन . हे प्रभु अब यस्तै हो भने पशुपतिनाथले नै रक्ष्या गर्लान .

Sunday, July 18, 2010

rahasyamay rog (Desease)

एक रहस्यमय रोगले बिचारा राम प्रसादको कस्तो भयानक रूप अझ कुरूप भएको छ, अनुहार . यासी साथ एक भिडियो क्लिप्स संकलन गरेर राखेको छ अवश्य हेर्नुहोला र आफ्नो कमेन्ट पनि अवश्य लेख्नु होला  .  हुनत यस्तो रहस्यमय रोग को लगी सरकारले निशुल्क उपचार गराउने ब्यवस्था समेत नभएको होइन, तर राम प्रसाद तथा अन्य यस्ता रोगीहरूले खोई राष्ट्रको सहयोग माँ उपचार गर्न पाएको ? की खाली पहुच वाला र नातेदारले मात्रै त्यस्तो सहयो पौने हो की कसो ?  यस सम्बन्धमा सम्बंधित निकायले त सोच्नै पर्यो साथै हामी आम नेपालीले समेत गंभीर भएर  आवाज उठौनै पर्छ .  बरसौ देखि उचित औषधोपचार नापायेर  फेरी अरु कसैले राम प्रसदले जस्तो कुरूप अनुहार लिएर बचनु नपरोस कसैले.

Wednesday, July 14, 2010

Spen naya bishwo bijeta 2010

१९ औं बिश्वो कपमाँ स्पेन नया बिश्वो बिजेता बन्दै सकिएको छ . हुनत यस बिश्वो कपमा धेरैले धेरै कुराको पूर्वानुमान लगएका थिए, तर जर्मनीको म्युजियमको ऑक्टोपसको भाबिस्यवानी चाही सत्प्रतिसत मिलेको थियो . स्पेनले आफ्नो १३ औं पटक को सहभागितामा बिश्वो कप पहिलो चोटी जित्यो . त्यसतइ बिश्वो कप इतिहंसमा पहिलो छोटी फ़ाइनल खेल एक पटक पनि बिश्वो कप नजितने देश बिच खेलियो . नत्र यस पटक भन्दा अगाड़ी फ़ाइनलमा संधै बिश्वो बिजेता बनिसकेको एक टीम हुन्थ्यो . यस पटकको बिश्वो कपमा निम्न खेलाडीहरूले जीते :गोल्डेन बल : डिएगो फोर्लन - उरुग्वे
गोल्डेन बुत : थोमस मुलर - जर्मनी
फीफा फेयर प्ले अवार्ड : स्पेन
त्यस्तै कसले कटी रकम पाए :
१ स्पेन : प्रथम - ३ करोड़ डालर
२ नेदरलंड : दोसरा - २ करोड़ ५० लाख डालर
३ जर्मनी : तीसरा - २ करोड़ डालर
४ उरुग्वे : चौथो - १ करोड़ ५० लाख डालर
 Don`t forget to watch VIDEO CLIPS AND WRITE YOUR IMPORTANT COMMENTS. THANK U.

Tuesday, July 6, 2010

पाटन हास्पिटल जस्तो प्रतिष्ठित हस्पिटलबाट डाक्टरले रोगिको किडनी चोरी

पाटन हास्पिटल जस्तो प्रतिष्ठित हस्पिटलबाट समेत डाक्टरले उपचार गराउन आएका सोझासाझा रोगिहरुको मृगौला चोरी गरे बेच्दा रहेछन । खोटांगको दुर्गम गाउबाट पाटन हस्पिटलमा उपचार गराउन आएका रोगी धनमायालाई तपाईको म्रिगौलामा पथ्थरी छ अपरेसन गर्नु पर्छ भनेर अपरेसन गरेर, यो तपाईको किड्नीबाट निकालेको ढुंगाहरू भनेर दिएको । तर त्यसरी उपचार गरेर फर्केको केही पछि जिउ सुन्निदै आएकोले के भयो भनी फेरी पाटन हस्पिटलमा आएर देखाउदा राम्रो ब्यबहार नगर्दा र डाक्टरले नमान्दा नमान्दै आफै अल्टासौन्ड गर्दा पो आफ्नो दाहिने pattiko एउटा मृगौला चोरी भएको थाहा पाए छन रोगीले । यस सम्बन्धमा एक विडियो रिपोर्ट संकलन गरेर राखेको छ अबस्य हेर्नु होला र आफ्नो बिचार अवस्य लेख्नु होला ।

Sunday, July 4, 2010

नेपालको राष्ट्रिय झंडा... के गर्दै छन नेता ?

नेताहरु आफु खुसी नेपालको राष्ट्रिय झंडाको ब्याख्या गर्दै झंडा फेर्ने कुरा गर्छन । के यो सही निर्णय होत ? के नेताहरूले भनेको जस्तै देशको राष्ट्रिय झंडा फेर्ने कुरा उचित हो त ? यस सन्दर्वमा यसै साथ समाचार संकलन गारी एउटा विडियो क्लिप्स राखेको छ, अवश्य हेर्नु होला र आफ्नो बिचार पनि उल्लेख गर्नु हो ला ।

Thursday, July 1, 2010

नेपाल सरकारको लापरवाहिको ठुलो नमूना

नेपाल सरकार तथा सम्बंधित मंत्रालयले देश बिकसकलागी गर्नुपर्ने काममा कतिको लापरवाह छ भन्ने नमूना यो भन्दा ठुलो अरु के हुन सक्छ । निजी यातायात कम्पनिहरूले एक दुई वटा गाडीबाट सुरु गरेर पछि थुप्रै गाड़ीहरु थप्छन । तर सरकारी यातायात कम्पनीले गरेको लापरवाहिको नमूना यहाँ विडियो क्लिप्स्मा राखेको छ, अवश्य हेर्नु होला । हेरेर अवश्य आफ्नो बिचार उल्लेख गर्नु होला । धन्यवाद् ।

प्रधान मन्त्रीको नाममा देशको धुकुटी रित्यौने खेल

राष्ट्र को धुकुटी प्रधान मंत्रिले बिभिन्न समयमा गरेको बिदेश भ्रमण को फोटो सहितको किताब छापेर बिज्ञापन गरेर समेत प्रधान मन्त्रीको प्रेस सल्लाह्कारले कुनै आधिकारिक हिसाब किताबै नराखी हिनामिना गरेको पोल खोलिएको छ । यसरी कुनै पनि काम गर्दा मंत्री परिसद्को सिफारिस लिनू पर्नेमा त्यस्तो कुनै प्रक्रिया पुरानगरी त्यसरी कती रकमको के कसरी किताब छापेको हो त्यसको कुनै lekha जोखा नगरी गरेको पाईयों । यस सम्बन्धी भिडियो क्लिप्स अवस्य हेर्नु hola ।

Friday, June 25, 2010

प्रधान मंत्रिले नै स्वीकारे सबै सरकारी कर्यलायाहरुमा भ्रष्टाचार हुन्छा भनेर .

देशका प्रधान मंत्रिले नै स्वीकारी सके की सबै सरकारी कार्यालयहरुमा भ्रष्टाचार हुन्छ भनेर । त्यों हो भने र त्यसको प्रमाण छ भने प्रधान मंत्री ज्यू कारवाही गर्न किन खुट्टा कमौनु हुन्छ ? तर प्रधान मंत्री ज्यू कतै यो कुरा भरखरै थाहा पाउनु भएको की, तपाई प्रधान मंत्री हुनासाथ थाहापाएको ? यदि तपाई साचिकै नेपाली जनता हो भने यो कुरा त पहिले नै थाहा हुनु पर्ने हो । किनकी देशको सरकारी कार्यालयमा भ्रष्टाचार हुन्छ भन्ने कुरा सर्बा बिदित छ । हामी नेपाली को सबै भन्दा ठुलो बिडम्बना नै यही हो की जो मान्छे वा नेता वा मंत्री वा प्रधान मंत्री जो कोही लाई पनि हाम्रो देशको सरकारी कार्यालयहरुमा भ्रष्टाचार हुन्छ भन्ने कुरोको सुइकै हुदैन । अथवा थाहा भए र पनि स्विकार्दैनन । फेरी प्रधान मंत्री ज्युलाई थाहा छ की छैन ? अहिले मंत्री तथा पहुचवाला नेताहरुकै मिलोमतोमा देशका बनजंगल fadani गर्दै छन काठ तस्करहरूले . खोई तिनिहरुलाई पनि कुनै कारवाही हुदैन ? यस्तै हो भने एक दिन हामीले भन्ने गरेको हरियो बन नेपालको धन किम्बदंती मात्रै हुनेछ . र उर्बर जमिनहरू मरुभुमिमा परिणत हुन बेर लाग्ने छैन । त्यसैले समयमै होस पुर्याऊ र यस बिषयमा सबै समयमै सचेत हुनु पर्यो।

Thursday, June 24, 2010

Nepal Govt. Coropted - 41 Core 70 Lakh

४१ करोड़ ७० लाखको खेल

केही समय अगाड़ी अर्थले निर्माण कार्यको लगी भनेर बजेट निकास गरेको थियो, त्यास को आलोचना बधेपछि फेरी सरकारले पिछडिएका जातिका लागी पुनर्बास भनेर ४१ करोड़ ७० लाखको आवास गृह निर्माण गर्दै छ। बजेट छुट्याको झंडै १०, ११ महिना पछि त्यों पनि आर्थिक बषं सकिन लाग्दा यसरी काम गर्दा के त्यों काम सही होला त ? की निकास भएको बजेट सक्ने निहुमा र देखावटी काम को नाममा पैसा जती हाम गर्न लागे मंत्रीहरूले । यस को लगी यसैको साथमा विडियो क्लिप्स पनि राखेको छ । अवस्य हेर्नु होला ।

Wednesday, June 23, 2010

१९ औं बिश्वा कप प़तियोगितामा तीन दिन, १२ वाता खेल बांकी हुदा नै दोस्रो चरण अर्थात प्रिक्वाटर फानलमा निम्न टीमहरु पुगिसके ग्रुप ए बात उरुग्वे r मेक्सिको, ग्रुप बी बात अर्जेंटीना र कोरिया, ग्रुप इ बात नेदरलंड, ग्रुप एफ बात पराग्वे, ग्रुप जी बात ब्राजील र ग्रुप एच बात चिली अहिले सम्म दोस्रो चरणमा प्रबेश गारी सकेका छान । आज सम्मको खेल हेर्दा फुत्बलमा उरोप्का शक्तिशाली देशहरूले त्याती राम्रो खेल खेलना सकेका छीनन भने फरकि घर जस्तो ग्रीचे र फ्रांस भने छ रहेको .

फुत्बलको शक्तिशाली देशहरू गेरमन्य, इटली, स्पेन, इंग्लैंड, जस्ता देशहरू दोस्रो चरणमा पुग्नलाई निकै धुधु पारी रहेको छ भने फ्रांस र ग्रीचे जस्तो देश घर फरकि सके.













Thursday, June 17, 2010





१९९० बि. सं॰ अगाडिको शहीद गेट, भद्रकाली र सिंह्दरबार



















१९९० बिं॰सं॰ को भुइचालो जानु अगाडिको धरहरा





















१९९० बिं॰सं॰ को भुइचालो गैसके पछिको धरहराको दृश्य








१९९० बिं॰सं॰ को भुइचालोमा त्यस समयमा पनि दसौं हजार मानिसको मृत्यु भएको थियो ।

Monday, June 14, 2010

मंत्री र नेताहरूले देशको धुकुटिमा यसरी गारे डकैत .

देशमा नया संबिधान निर्माण गर्नको लागी जनताले चुनी पठायेका सभासद्हरू र उनै सभासद्हरू मद्धेबाट चुनिएका मंत्रीहरूले अहिले देश को धुकुटी लुट्दैंछन ।
कुरा हिजो आजकै हो, चालू आर्थिक बषं सकिन केही दिन मात्रै बांकि रहदा भौतिक योजना तथा निर्माण मन्त्रालयले यो छोटो अवधीमा समेत बिभिन्न योजनाहरू निर्माण गर्न अनुमति दिएको छ। अर्थ मन्त्रालयले योजना आयोगको सहमतिमा ती योजनाहरुकलागी पहिलो प्रथामिकतामा परेका योजनाहरुको रकम कटाएर ती साना योजनाहरू जस्तै सड़क मरमत कार्यमा खर्च गर्न रकम निकास गरेको हो । के यो सही तरीका हो त ? येसरी येती छोटो समयमा कसरी ती योजनाहरू पूरा होलान्त ती निकासा भएको रकमको सही सदुपयोग कसरी होला ? फेरी १० लाख भन्दा बढ़ी राकमको योजनाको लगी ३० दिन अगाड़ी र १० लाख भन्दा कम रकमको योजनाको लागी १५ दिन अगाड़ी सूचना प्रकाशीत गर्नु पर्ने प्राबधान रहेको छ । यस्तोमा कसरी ती योजनाहरू कार्यान्वयन होला त ? यो सबै कुनै नया योजनाहरू पनि होइन, सबै सडकहरू टालटुल मात्रै गर्ने हो । सायद त्यही भएर होला केहि दिन अगाड़ी ज्ञानेश्वर मोड़ देखि नक्साल भगवती मंदिर अगाडिको सद्दे सडकमा समेत कालोपत्रे हालेको । के येसरी देखौनको लगी मात्रै गरेको कामले त्यसरी निकासा भएको रकमको सही सदुपयोग होला त ?
यी कुरमा सम्बंधित निकायले हेर्नु पर्नेमा त्यस्ता निकयलेनै मिलेर देशलाई लुट्न थालेपछि कसले हेर्ने ?
तर यसको लागी हामी राष्ट्रका सही नगरिकहरू नै सचेत भएर एकजुट भई येसरी देशका मंत्री र नेताहरूले ठाडो देशको धुकुटी लुट्ने प्रब्रितिको खुलेर बिरोध गर्नै पर्छ ।

Wednesday, June 9, 2010

यो कस्तो नेपाल हो

नेपाल हाम्रो देश, सबै नेपालीको देश, ... नेपाल बिश्वमा दोस्रो तथा एसीयामा पहिलो जलश्रोतमा धनि देश, अनि कृषिप्रधान याने कृषिमा आधारित देश । तर, अहिले हाम्रो बिडम्बना ... हामी नेपालीलाई पिउनलाई पानी छैन, बाल्नलाई बत्ती छैन, खानलाई अन्न छैन, नेताहरु खाली देश बिगार्ने कुरा मात्रै गर्छन . उनिहरुमा कसरी देश बनाउने भन्ने सोचाईनै छैन, खाली कसरी सत्ता हत्यौने भन्ने मात्रै सोच लिएर राजनीति गर्छन . यसरी कहिले देश उभो लग्लात ?
हाम्रो देशमा आएको आर्थिक सहयोगलाई सबै नेपलिहरुलाई बराबर बंदने हो भने सबै नेपाली लखपति भन्दा कम हुदैंन थे, त्यस्तै, त्यों पैसाले सड़क मात्रै बनाएको भयेपनी देशको कुनाकन्दरमा अहिले गाड़ी गुदने सड़क बनिसकेको हुन्थ्यो होला, वा हाड्रोपावरकै निर्माण गरेको भये pani देशको अन्तर कुन्तरमा बत्ती बलिसक्ने थियो होल . खोई त्यों पैसा कता गयो ? .... khali नेपालीले जन्मनासाथ लाखौको ऋण मात्रै बोके, तर मोज चाही नेताहरु र केहि भ्रष्त सरकारी कर्मचारीहरूले मात्रै गारे . त्यसैले खोई यो कस्तो नेपाल हो ? अनि कस्तो नेपालीको भाग्य ?

Sunday, June 6, 2010

वर्ल्ड कप 2010

जून ११ देखि १९औ संस्करनको बिश्वो कप फुटबाल प्रतियोगिता शुरू हुदै छ । ब्रज़िललाई छनौट चरणको खेल दिखिनै यसपालीको बिश्वो बिजेताको रुपमा हेरीएको छ । हुन पनि ड़ुन्गले ब्यावास्थापकीय नेतृत्वो सम्हाले पछि निकै संतुलित र ससक्त देखिएको ब्राज़ील नै यस पटकको बिजेता हो भन्दा फरक नपर्ला । त्यस्तै इन्ग्ल्यान्डको टीमलाई पनि यस पटकको सम्बाभित बिजेताको रुपमा हेरीएको छ । यस क्रममा अर्जेन्टीना र स्पेनलाई पनि राखिएको छ । अर्को दबेदार देश हो इटली, किनकी बिगतलाई नियाल्ने हो भने जुन जुन बषॅ इटलिले बिश्व्व कप जितेको छ ती बर्सहरुमा इटलीको प्रदर्सन अहिलेको जस्तै सुरुमा नराम्रो नै थियो । यसरी नै बल्ला बल्ला छनौट भएको थियो भने, लीग चरणको खेलहरुबाट पनी बल्ल बल्ल दोस्रो चरणमा गएको थियो । बिगतका यी कुरालाई केलौदा इटालिलाई पनी यस पटकको बिश्व बिजेताको नजरले हेर्न सकिंछ । तर जेसुकै भयेपनी खेल हो खेलमा खेल नखेली केहीं हुदैन, त्यसैले जून ११ देखि सुरु भएर जुलाई ११ को फ़ाइनल खेल न सक्की यसै हुन्छ भनेर भन्न सकिदैन . यसै कारणले गर्दा सबैले हेरौ यस पटकको बिश्वा कप फुटबाल ।

Thursday, June 3, 2010

लीडर्स (नेताहरु) ले नेपाल र नेपालीलाई ठगे

नेपालको संबिधान कहिले बन्ला भनेर सोधेमा जो कोहिले पनि भन्ना सक्छा, त्यों कहिले बंदैन भनेर।

किन भने सबै नेताहरु सत्ताको लागि मात्रै लागि परेका छन, उनिहरूलाई देशको भन्दा आफ्नो स्वार्थ प्यारो छ। त्यसैले उनीहरुलाई देशको केही मतलब छैन । तर कुर्सी चाहिन्छ, फेरी आफ्नो स्वार्थकोलागि जे पनि गर्न पछि नपर्ने यस्ता नेताहरूले कसरी देश बनौलान ? सबै नेताहरु आफु ठीक अरु फटाहा भन्छन, अरुको दोस मात्रै केलौछंन, ... यहाँ एउटा उखान याद आयो, आफ्नो आंगको भैसी नादेखने, अर्काको आंगको जुम्रा पनि देखने । फेरी आफुहरुलाई फ़ाइदा हुने छ भने सबै पार्टीका नेताहरु मिलेर जस्तो पनि समझौता गर्छन, तर देश बनाउने कुरमा यिनीहरु कहिलेपनी मिलेनन । सबै भन्दा ठुलो बिडम्बना नै हामी नेपालीहरुको येही हो ।

pahi ले ३ ठूला दलहरु मिलदा के के भायेंन, तर अहिले देश ... संबिधान बनाउने बेलामा कता गयो त्यों एकता ?

Tuesday, May 4, 2010

How days are SURVIVE

Today, 3rd days of Aam Hadtal (movement). But still not seen of any sign of change Govt.
But every Evening of 2 hours (6 to 8 pm) everybody show croud of people in market, where they buy their daily necessary goods.
Yesle garda marketma everything sortage hudai chha. and Bid stockists are sold their old and date expired goods. Firstl of all: which is how much good for health ? What do Related department do? Who know?
Second: in market, every goods going expensive. Everyday increase vegetables and other daily uses goods prices. Who control this?
Many ATM are closed, Banking transaction are closed. How we survive ? Who know it?
In Nepal`s big cities, There are no light, no water for drink, how people`s days are survive. Who know it and Who answered us?

Don`t forget to write your comment.

Monday, May 3, 2010

Sex Workers

Now a days, at Kathmandu`s main place, like Thamel, Ratnapark (around Bir Hospital), Cabin Restuarant, Dance Bar there are many Sex workers (ladies) engaged. Rs.100/ dekhi 5000/10000 samma liyer they will go with any men, most important thing that, is it safe for health? and society?

Please don`t forget to write your comments.
This is Ghantaghar (Bell-House), Rana Priminister Bir SJB Rana Built it. We know this help us to know time. But do we know value of time?
Please don`t forget to write your comment.